newskoseli.Com

लाइसेन्सका घुस्याहा यातायातका हाकिमसहित ११ कर्मचारीलाई जेलको बास !

अध्ययन–अनुसन्धान, छानविन र खोजीबाट प्रमाणि गर्नु–नगर्नु बेग्लै कुरा हो तर देशभरका आम सर्वसाधारणलाई स्पष्टै थाहा छ– मापोत, यातायात र अन्य यस्तै केही सरकारी कार्यालयमा व्यपाक घुसखोरी चल्छ ।

देशभरका विभिन्न यातायात व्यवस्था कार्यालय घुरखोरी र अनियमितताका कारण बारम्बार चर्चामा आइरहेकै छन् । यसै सिलसिलामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर