newskoseli.Com

हामी जाडोमा छौं तर यहाँ धमाधम जलिरहेछन् महिलाहरू

जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीं चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिव वस्तीका वासिन्दा घुर (आगो) ताप्छन् ।

प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर, यस्तो आगो महिलाका लागि भने ‘काल’ समेत बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको ‘बर्न वार्ड’ मा अहिले आगोले पोलेका ६ जना बिरामी उपचाररत छन् । यसै पनि घरायसी काममा महिला नै आगोसँग बढी जुध्नुपर्छ । महिलालो साडी अड्याउन पेटिकोट लगाउँछन् । त्यसको गाँठो बलियो पार्छन् नै ।

यस्तो अवस्थामा कहीं–कतै आगोले साडीमा समातिदियो भने सजिलै साडी फुकाल्न नसकिने र समय लाग्ने हुँदा कम्मरमुनिको भाग बढी जल्ने गरेको ‘बर्न भाइलेन्स सर्भाइबर’ नामक संस्थाकी धनुषा प्रतिनिधि सिया सहेली कुमारी साहले बताएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर