newskoseli.Com

महराले ढंग नपुर्‍याउँदा संसदमा हंगामा !

प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने भन्ने विषय सामान्य थियो । तर, एकै छिनमा दलहरूबीच जुँगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो ।

सरकारका काम–कारबाहीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा झन्डै १ घन्टाको वक्तव्य दिए । विपक्षी कांग्रेसले प्रधानमन्त्रीसँग प्रतिप्रश्नका लागि सभामुखसँग समय माग्यो ।

तर, सभामुख कृष्णबहादुर महराले समय दिने ‘ढंग’ नपुर्‍याएपछि एकै छिनमा विपक्षी कांग्रेस नाराबाजी र अवरोधमा उत्रियो भने विपक्षीको अवरोधबीच सदनको कारबाही अघि बढ्यो । विपक्षीले समय मागिसकेपछि या त सभामुखले बोल्न नदिने आफ्नो अडानमा अड्नुपर्थ्यो या त बोल्नै दिनुथियो भने स्थिति भड्किन दिनु हुँदैनथ्यो’, सत्तासीन नेकपाका एक नेताले भने– ‘ सभामुखले ढंग नपुर्‍याउँदा दुर्भाग्यपूर्ण अवस्था आइलाग्यो ।’

आइतबार संसदमा देखा परेको असहज परिस्थितिबारेको यो खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर