पूर्व–पश्चिम राजमार्गमा पर्ने दमकस्थित कृष्ण मन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका ३, दापगाछी पुगिन्छ ।
अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीय कार्यकालमा त्यही ठाँउमा तामझामका साथ १८ तले ‘भ्यु–टावर’ को शिलान्यास गरेका थिए ।
त्यहाँसम्म पुग्ने मूल सडक कालोपत्रे गर्ने योजना योजनामै सीमित छ । ‘सडकै नबनिरहेको अवस्थामा भ्यु–टावर बन्ला र ?’ स्थानीयको प्रश्न छ । अघिल्लोचोटि ओली प्रधानमन्त्री हुँदा शिलान्यास गरिएको सो ‘भ्यु–टावर’ निर्माणका लागि १ अर्ब ५५ करोड रूपैयाँ लाग्ने अनुमान थियो ।
‘भ्यु–टावर’ बन्ने खेतको बीचमा छ शिलान्यस–स्तम्भ । त्यसको माथिल्लो भाग भने उप्किसकेको छ । ‘भ्यु–टावर’ बनाउन भनी ६ बिघा जमिन छुट्याइएको छ । तर, जग्गादातामध्येका डिल्ली चापागाईंले २ वर्षसम्म गति ‘भ्यु–टावर’ ले नलिँदा अन्योल मात्र बढेको बताएको खबर सोमबारको पत्रपत्रिकामा प्रकाशित छ ।