newskoseli.Com

उत्तरपुस्तिका जाँच्दा विद्यार्थीसँग २५ हजार घुस !

विद्यार्थीसँग रकम असुलेर परीक्षाको उत्तरपुस्तिका (कापी) परीक्षण गरेको (जाँचेको) पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञ सहित दुई जनालाई पक्राउ गरेको छ ।

ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट पक्राउ परेका हुन् । विद्यार्थी खोज्ने र रकम बार्गेनिङ गर्ने कामको जिम्मा भाटले लिन्थे । प्रहरीका अनुसार पक्राउ परेका शाही र भाटले यसअघि पनि विद्यार्थीसँग रकम असुलेर कापी परीक्षण गर्दै आएका थिए ।

प्रहरीका अनुसार विशेषज्ञ शाहीले प्रतिविद्यार्थी २५ हजार रुपैयाँ उठाएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर