newskoseli.Com

वाइडबडी भ्रष्टाचार : ‘चोख्याउन’ ह्विप ! उपसमितिले दोषी देख्यो, लेखाले उल्ट्यायो…

वाइडबडी विमान अनियमितता प्रकरणमा मुछिएका गृहसचिव प्रेमबहादुर राईलाई ‘चोख्याउन’ सत्तारूढ नेकपाले संसदको सार्वजनिक लेखा समितिका आफ्ना सदस्यलाई ‘ह्विप’ लगाएको छ ।

पार्टीको ‘आदेश’ मान्दै नेकपाका सांसदले सोमबार उपसमितिको प्रतिवेदन उल्ट्याएका छन् । निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएका उनलाई समितिले ‘निर्दोष’ बनाएको छ ।

उपसमितिले कारबाही गर्न सिफारिस गरेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पनि पार्टी नेतृत्वकै दबाबमा ‘नैतिक जिम्मेवारी’ मात्र लिनुपर्ने निचोड निकालेको छ । बहुचर्चित यस प्रकरणमा ४ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको उपसमितिको ठहर थियो । त्यसका मुख्य दोषीमा राई र अधिकारी पनि थिए ।

दुई साताअघि गठित उपसमितिले लेखा समितिलाई बुधबार बुझाएको प्रतिवेदनमा मन्त्री अधिकारीलाई ‘बदनियतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ने’ भन्दै कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । संशोधित प्रतिवेदनमा ‘नैतिक जिम्मेवारी रहेकाले कानुन बमोजिम कारबाही गर्न मात्र’ सिफारिस गरिएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर