newskoseli.Com

कोरियाली नेता किम रेल चढेरै बेइजिङ : उत्तर कोरिया–अमेरिका वार्ताको तयारी

उत्तर कोरियाली नेता किम जोङ उन चारदिने भ्रमणको लागि चीन आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो भेटवार्ताको तयारी गर्न भन्दै सि जिन पिङको निमन्त्रणामा उनी बेइजिङ आइपुगेका हुन् ।

कोरियाली समाचार एजेन्सीले बताएअनुसार उनी पत्नी री सोल जू र कोरियाली उच्च अधिकारी सहित आफ्नै व्यक्तिगत रेलमा चढेर सोमबार चीन ओर्लिएका हुन् । चीनमा रहँदा उनले यहाँका राष्ट्रपति सि जिन पिङसँगै चीनस्थित कोरियाली कुटनीतिक नियोगका अधिकारीहरुसँग पनि भेट्ने बताइएको छ ।

आफूले वैकल्पिक बाटो रोज्न सक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धम्की दिएको एक सातामै वार्ताको तयारी गर्न भन्दै कोरियाली नेता किम चीन आएका हुन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्नुअघि र पछि गरी तीन पटक उनले चीन भ्रमण गरेका थिए । पहिलो वार्तामा दक्षिण कोरियाली नेताको भूमिका देखिएको थियो । यस पटकको वार्तामा किमले चिनियाँ राष्ट्रपति सिको सक्रियता चाहेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर