newskoseli.Com

मन्त्री पडितको चेतावनी : खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई

कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संघीयता, स्थानीय सरकार र प्रशासन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । ‘चिठी दिएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिन्छ’– पण्डितले भने ।

प्रशासन साइकलको ट्युबजस्तो लिरिलिरी गरेर नचल्ने भन्दै संघीयता कार्यान्वयनको जिम्मेवारीबाट सरकार नभाग्ने मन्त्री पण्डितले बताए । देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने उनको भनाइ रहेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर