newskoseli.Com

राणाकालका निर्माण वर्षौं टिक्ने, अहिलेको किन टिक्दै नटिक्ने ?

विगत लामो समयदेखि मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको विषयले संघीय संसदको विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ ।

मंगलबार बसेको बैठकमा समितिले राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अवस्था र अनुगमनलगायतका विषयमा छलफल गरेको थियो । समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीलाई महारोगको संज्ञा दिएका थिए ।

सांसद टेकबहादुर बस्नेतले राणाकालका विकास र त्यतिबेला निर्माण भएका संरचनाहरु अहिलेसम्म डगमगाएका छैनन् तर अहिलेका विकास र बनाइएका संरचना भने महिना दिन पनि नटिकेको भन्दै गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गरेको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर