newskoseli.Com

रवीन्द्र मिश्रद्वारा एकलौटी : थापा पक्षको अनुपस्थितिमै सबै विभाग भंग, केन्द्रीय पनि समिति विस्तार

विवेकशील–साझा पार्टीमा पूर्वविवेकशील (उज्वल थापा) समूहको अनुपस्थितिमै रवीन्द्र मिश्र पक्षले एकलौटी रुपमा सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समितिको विस्तार समेत गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठन समेत गरेको छ । संयोजन समितिको निर्णय अनुमोदनका लागि आगामी सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

सोही पक्षद्वारा एकलौटी रुपमै केन्द्रीय सदस्यमा महिलातर्फ गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी, प्रदेश– ५ बाट सरस्वती पन्थी र सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ तथा पुरुषतर्फ ल्यामबहादुर दर्जी र इसुजंग कार्कीलाई थप गरिएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर