newskoseli.Com

श्रीमानको मृत्यु भएको १० घन्टा नबित्दै श्रीमतीको पनि मृत्यु

फाइल तस्बिर

कालगतिले श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु भयो भने के ठान्नु हुन्छ ? यो कुरा शायदै कसैले पत्याउँछ । तर, काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घन्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै उनीहरुले मातृवियोग समेत भोग्नु परेको छ ।

सोमबार बेलुकी खाना खाएर सुतेको शर्मा परिवारमा राति एक्कासि बुबा रामगोविन्दलाई छातीमा असह्य पीडा भएपछि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएर जाँच गर्दैमा डाक्टरले उनलाई मृत घोषण गरेका थिए । अस्पतालमा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको चिकित्सकले बताएका थिए ।

श्रीमानको मृत्यु भएपछि शोकमा डुबेकी रामगोविन्दकी ७१ वर्षीय श्रीमती सबै प्रक्रिया पूरा गरेर ‘कोरा’ बस्न लागेकी थिइन् । सोही अवस्थामा उनलाई सास फेर्न गाह्रो भयो । सबै परिवार एकै ठाउँमा भए पनि उनको हेरचाह गर्दै गर्दा उनको मृत्यु भएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर