newskoseli.Com

निर्मलाको ‘भेजाइनल स्वाब’ माथि नै अविश्वास : परीक्षणका लागि लिइयो आमाको रगत

निर्मला पन्तको ‘भेजाइनल स्वाब’ नै नक्कली भएको आशंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमूना संकलन गरेको छ ।

शंकास्पद व्यक्ति र आरोप स्वीकारेका व्यक्तिको डीएनए ‘म्याच’ नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएको अवस्थामा एक मात्र प्रमाणका रूपमा रहेको ‘भेजाइनल स्वाब’ समेत निर्मलाकै हो या होइन भनेर आशंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न लागिएको हो ।

निर्मलाकी आमा र आफन्तको आग्रहमा रगतको नमूना लिएर भेजाइनल स्वाब निर्मलाकै भएको–नभएको जाँच्न प्रहरी मञ्जुर भएको हो । ‘भेजाइनल स्वाबमाथि शंका छ, रगत जाँचेर हो वा होइन पत्ता लगाइदिनुपर्‍यो भनेर उनीहरूले निवेदन दिएकाले जाँचका लागि रगतको नमूना संकलन गरेका हौं’– कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भनेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर