newskoseli.Com

‘७८ करोड कर तिर’ भन्दै पत्र आएपछि बेहोस : भेट्टाएको नागरिकता दुरुपयोगबाट २ अर्बको कारोबार

राष्ट्रिय वाणिज्य बैंकका अवकाश प्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो ।

दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम– ३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । पत्र आएका बेला उनका दाइ संयोगले घर पुगेका थिए ।

उनले सो पत्र काठमाडौं ल्याएर भाइलाई दिए । पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफन्तले उनलाई हतार–हतार अस्पताल पुर्‍याए किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो– ‘तपाईंको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि (स्थायी लेखा नम्बर ६०२४१८४२१) ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’

कम्पनीको नाममा ७८ करोग रुपैयाँको कर दायित्व थियो । कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि उनी बेहोस भएका थिए । लीलाप्रसाद स्याटेलाइट कम्पनीमा गएर बुझ्दा विजयनारायण श्रेष्ठ नामका व्यक्तिले कारोबार गरेको खुलेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर