newskoseli.Com

विदेशमा आत्महत्या हत्या गर्नेको संख्या बढ्यो : वर्षमै करिव हजार श्रमिकको परदेशमा मृत्यु

वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ ।

अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ नै विदेशमा नेपालीको मृत्युका प्रमुख कारण मानिएका छन् । पेशागत र पारिवारिक तनावका कारण विदेशमा आत्महत्या दर पनि बढेको छ ।

एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ, जसमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२ जना, साउदी अरबमा १ सय, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४, दक्षिण कोरियामा १ सय २६, ओमानमा ११, बहराइनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगान्डामा र नाइजेरियामा १–१ नेपालीको ज्यान गएको छ ।

श्रमिकलाइ पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए । ‘अभिमुखीकरण तालिम नाउँ मात्रैको भयो,’ उनले भने– ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’

नेपाली युवाको विदेशमा हुने गरेको दुःद निधनको यो समाचार बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर