newskoseli.Com

पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा–पर्व बन्द

पाशुपत क्षेत्रमा विगतदेखि हुँदै आएका करिव आधा दर्जन जात्रा–पर्व क्रमशः बन्द भएका छन् ।

शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँखा (महादेव पार्वती नाच) र बोडे नीलिबाराही नाच बन्द भएका हुन् ।

यी जात्रा–पर्व केही दशकदेखि बन्द रहेको अनुसन्धानले देखाएको छ । पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको बृहत् गरुयोजनाका लागि अध्ययन–अनुसन्धान गर्ने क्रममा दशकौंदेखि यी जात्रा–पर्व लोप भएको पत्ता लागेको हो ।

कोषका पदाधिकारीलाई अनुसन्धानबारे बुधबार जानकारी गराउँदै चार यात्रा र दुई पर्व बन्द भएको जानकारी डा. सन्ध्या खनाल पराजुलीले दिएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर