newskoseli.Com

सिंहदरबारसम्मै आइपुग्यो गाउँपालिकाको विवाद

गाउँपािलकाको केन्द्र मिलाइदिन भन्दै जाजरकोटको एक गाउँपालिकाका जनप्रतिनिधि सिंहदरबार आइपुगेका छन् ।

निर्वाचित भएको डेढ वर्षसम्म पनि केन्द्रको विवाद मिलाउन नसकेपछि जुनीचाँदे गाउँपलिकाका जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं आइपुगेका हुन् ।

आफूले भनेको ठाउँमा केन्द्र हुनुपर्ने भन्दै दुई खेमामा विभाजित जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं आएर पनि विवाद गर्न थालेका छन् । जाजरकोटबाट निर्वाचित सांसद एवं वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको कार्यकक्षमा दुई–तीन पटक बैठक गरे पनि सहमति हुन नसकेको जाजरकोट कांग्रेसका उपसभापति तथा स्थानीयवासी सर्पराज रावतले बताए ।

काठमाडौंमा भएका जाजरकोटका सांसद, दलका नेता र स्थानीय तहका जनप्रतिनिधिहरुले तीन दिनदेखि पहल गरे पनि केन्द्र विवाद मिल्न सकेको छैन । स्थानीय तह घोषणा गर्दा सरकारले जुनीचाँदे गाउँपालिकाको केन्द्र सानाखोला तोकेको थियो । सरकारले सुरुमा तोकेकै ठाउँमा गाउँपालिकाको केन्द्र हुनुपर्ने एक थरी जनप्रतिनिधिको माग छ भने गाउँसभाको बहुमतको आधारमा केन्द्र अर्को पक्षको माग रहेको छ ।

चुनाव सकिएको ६ महिनाभित्र गाउँपालिकाको केन्द्र तोकिए गाउँसभाको सामान्य बहुमतले निर्णय गर्न सकिने प्रावधान रहेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर