newskoseli.Com

चिसोले कठ्यांग्रिएर काठमाडौंमै मरिरहेछन् दैनिक ६ जना !

यतिबेला बढेको चिसोले कठ्यांग्रिएर काठमाडौंमै दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धाको यसरी मृत्यु हुने गरेको देखिएको छ ।

प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

मन्दिर आसपासमा धेरै वृद्धवृद्धाः बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक ४ देखि ६ जनाको मृत्यु हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजेन्द्र पोखरेलले बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक ४ देखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ । सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने– ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’

प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिर आसपासका क्षेत्रमा वृद्धवृद्धा धेरै छन् । त्यसमा पनि भीख माग्ने वृद्धवृद्धाको संख्या धेरै रहेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर