newskoseli.Com

किन रगत दिइस् र राहत बुझिस् भन्दै यज्ञराजले कुटे निर्मलाकी आमा दुर्गादेवीलाई

बलात्कारपछि हल्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुबा यज्ञराजले कुटपिट गरेका छन् ।

सरकारले घोषणा गरको राहत रकम लिन तयार भएको र डीएनए परीक्षणका लागि रगतको नमूना दिएको भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताएकी छन् । भीमदत्त नगरपालिका– २, उल्टाखामास्थित घरमा बिहीबार बिहान खाना बनाइरहेका बेला एक्कासि आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताइन् ।

‘दुवै छोरी स्कुल गएका थिए, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधीकन किन रगत दिइस् अनि किन राहत बुझिस् भन्दै कुटपिट गर्‍यो’– दुर्गादेवीले बताएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर