newskoseli.Com

फोहरमैला किन्दै महानगरपालिका ! तयार हुनोस् कुहिने जति बेच्न…

पुल्चोकस्थित लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोक–चोकमा नआउने गरेकाले फोहोर व्यवस्थापन गर्न उनलाई हम्मे–हम्मे पर्ने गरेको छ ।

घरमा उत्पादन हुने कुहिने जति फोहोर खरिद गर्ने घोषणा ललितपुर महानगरपालिकाले गरेपछि अहिले उनी मख्ख छन् । भन्छन्– ‘यसो हुँदा वडा सफा–सुग्घर हुने मात्र नभई ५–६ रुपैयाँ भए पनि दैनिक आम्दानी समेत हुनेछ ।’ यो अभियानलाई निरन्तरता दिनु पर्नेमा उनले जोड दिए – ‘घोषणा भाषणमा मात्र सीमित नहोस् ।’

ललितपुर महानगरको ३ नम्बर वडाले वडावासीलाई यसबारे सुसूचित गराउन घरदैलो अभियान नै थालेको छ । पुल्चोकमा किराना पसल गर्ने रामेछापका धनबहादुर जिम्बा भन्छन्– ‘अभियान राम्रोसँग सञ्चालन भएमा अरुको फोहोर समेत समेट्न जाने स्थिति आउँछ ।’ जनप्रतिनिधिले फोहोरमैला व्ववस्थापनसम्बन्धी नीतिगत निर्णय गरेरै अगाडि बढ्नु पर्ने उनले बताए ।

पुल्चोकका रैथाने पद्मबहादुर शाक्यले भने कुहिने जति फोहोर घरमै व्यवस्थापन गर्दै आइरहेका छन् । उनको घरबाट सातामा २ केजी फोहोर उत्पादन हुन्छ । समस्याको जड फोहोर नभई चेतना विकासको कमी भएको उनले बताएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर