newskoseli.Com

विघटनको संघारमा नेविसंघ : ८ पदाधिकारीले दिए सामूहिक राजीनामा

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै ८ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।

वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजीनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर