newskoseli.Com

जर्मन माइकलको नेपालमा ठगीधन्दा : सामान्य व्यक्तिदेखि सरकारसम्मलाई फसाए

जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृङ्खलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ ।

काठमाडौंका ‘शक्तिशाली’ व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी अधिकारीसम्मलाई झुक्काएको देखिएको छ । कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झुटा कागजपत्रको सहारामा ठगीधन्दा चलाएको भेटिएको छ ।

उनको ठगी धन्दा सुरु हुन्छ नेपाल फायर ट्रक एक्सपिडिसनबाट । एक्सपिडिसनअन्तर्गत अमेरिकाबाट सेकेन्ड ह्यान्ड दमकल ल्याउने, त्यससँगै विश्वका सेलिब्रेटीलाई बोलाएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमा प्रचारप्रसार गराउने र नेपालको पर्यटनको प्रचार गर्ने उनको दाबी थियो ।

उनले प्रख्यात हलिउडका कलाकारहरु ल्याएर नेपालको प्रचारप्रसार गर्ने भन्दै नेपाल पर्यटन बोर्डलाई आफ्नो योजनामा सामेल गराएका थिए । उनले बोर्डसँग नेपाल फायर ट्रक एक्सपिडिसन आयोजना गर्ने भन्दै एक करोड बुझेका थिए ।

उनको ठगीभन्दा यतिमा टुङ्गिँदैन । उनले स्याङ्जाको वालिङ नगरपालिकाबाट २० लाख र विराटनगर महानगरपालिकाबाट ५ लाख पनि बुझेका छन् । यस्तै, आङ नाम्गेल शेर्पा र लाक्पा तेन्डुलाई पनि ठगेको अबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर