newskoseli.Com

प्रचण्डको अनौठो अभिव्यक्ति : ‘मैले नै नेतृत्व गरेको नेकपा मैलाई अवैधजस्तो लागेको छ’

आफैंले नेतृत्व गरिरहेको पार्टी अहिले आफैंलाई अवैधजस्तो लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।

शनिबार राजधानीमा उपन्यासकार भगवती ढुंगेलको पुस्तक विमोचन गर्दै सबै राजनीतिक दलले हरेक कमिटिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भए पनि आफ्नो पार्टीले अहिले त्यसो गर्न नसकेकोमा पार्टी नै अवैधजस्तो लागेको उनले बताएका हुन् ।

निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको र त्यो पुर्‍याउने दृढता पनि उनले व्यक्त गरे । ‘हाम्रो पार्टी अहिले अवैधजस्तो भएको छ, हामीले निर्वाचन आयोगमा ३३ प्रतिशत पुर्‍याउँछौं भनेका छौं, आगामी अधिवेशनबाट ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउँछौं’– उनले भनेको खबर आइतबारका पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर