newskoseli.Com

नागरिकताविनै पनि बन्छ ‘राष्ट्रिय परिचयपत्र’ !

नागरिकता नपाएकालाई पनि ‘राष्ट्रिय परिचयपत्र’ दिइने भएको छ ।

नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ ।

फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ । सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उक्त प्रावधान राखिएको छ ।

नेपालको संविधानको धारा ५१ मा रहेको ‘राज्यका नीतिहरुसम्बन्धी व्यवस्था’ अन्तर्गत खण्ड ‘च’ को उपखण्ड (७) मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा–सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने’ कुरा उल्लेख रहेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर