newskoseli.Com

युवती फसाउन नक्कलीले प्रयोग गरे सक्कली डीएसपीको परिचय !

बालबकोट, भक्तपुरका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीका बहालवाला डीएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरेको पाइएको छ ।

युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरूपति होटलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको हर्कत बाहिरिएको हो ।

१४ दिनदेखि उनी डीएसपी बोगटीको परिचय बनाएर होटलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठाम हरेक दिन फरक–फरक युवती आउने–जाने गरेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर