newskoseli.Com

‘जनप्रतिनिधि’ नै सुन तस्करीमा ! जोगाउने दाउमा प्रहरी ?

सिराहको गोलबजार– ९, घुर्मीखोला नजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्तलाई उम्काउन खोजेको तथ्य सार्वजनिक भएको छ ।

भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट शनिबार १ किलो ७ सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि १ ‘जनप्रतिनिधि’ सहित ३ जनालाई लुकाएको तथ्य सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएका एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीन जना पक्राउ परेको जानकारी केही घन्टापछि मात्रै दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर, ७ नम्बर गणबाट खटिएको टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

घटनामा अभियुक्त अमिरुल खानले पत्रकारमाझ अन्य तीन जना पनि पक्राउ परेको बताएपछि प्रहरी अप्ठ्यारामा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा ‘एक–दुई घन्टापछि आउनुहोस्’ भन्दै एसपी सोमप्रसाद गुरुङले सम्मेलन सकेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर