newskoseli.Com

विद्युत् प्रसारणलाइन प्रभावित पार्न व्यापारीको चलखेल, कुलमान घिसिङमाथि नाजायज दबाव !

केवलकार क्षेत्रमा निर्माणाधीन विद्युत् प्रसारण लाइनलाई भूमिगत गराउन चन्द्रगिरी हिल्स लिमिटेडले प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ ।

६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री–ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको प्रसारणलाइन बनाइरहेको छ । केवरकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको लाइनलाई जमिनमुनिबाट लैजान हिल्सले प्रधानमन्त्रीमार्फत विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि दबाव सिर्जना गराएको खबर छ ।

हिल्सका अध्यक्ष चन्द्र ढकालले प्राकृतिक प्रकोपबाट केबलकारको तार चुँडिने, पोल ढल्न सक्ने, उच्चस्तरको भोल्टेजले ल्याउने म्याग्नेटिक फ्लक्सका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै भूमिगत गराइदिन साउन १ मा प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । ‘एकीकृत पर्यटकीय पूर्वाधार सहितको केन्द्र चन्द्रागिरिमा नेपाल तथा बाह्य मुलुकबाट विशिष्ट व्यक्तिको समेत आवागमन हुने भएकाले सुरक्षा र सौन्दर्यका हिसाबले पनि प्रसारणलाइन केबलकारको तारमाथिबाट लैजानु उपयुक्त देखिन्न,’ पत्रमा ढकालले भनेका छन्– ‘पर्यटकमा मनोवैज्ञानिक त्रास समेत सिर्जना हुन सक्छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीको निर्देशन भन्दै ‘कम्पनीले भनेअनुसार आवश्यक कारबाही अघि बढाउन’ भदौ ४ मा ऊर्जा मन्त्रालयलाई पत्र पठाएको थियो । ऊर्जाले पनि प्रधानमन्त्रीको निर्देशन भन्दै आवश्यक कार्य अघि बढाउन भदौ ७ मा विद्युत् प्राधिकरणलाई लेखिदियो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘हचुवाका भरमा तार भूमिगत गराउन नमिल्ने’ भन्दै प्रसारण लाइन पोलमाथिबाटै लैजानुको विकल्प नरहेको बताए । ‘चन्द्रागिरि हिल्सले भनेअनुसार गर्दा ५ सय मिटर तार भूमिगत गर्नुपर्छ,’ प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने– ‘त्यो क्षेत्र भौगर्भिक हिसाबले पनि जटिल र टनेल बनाएर काम गर्नुपर्ने भएकाले तत्काल असम्भव छ ।’ केबलकार र प्रसारण लाइनबीच १० मिटरभन्दा बढी दुरी रहने भएकाले जोखिम नरहने उनले बताएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर