newskoseli.Com

कोरिया भाषा परीक्षा अनलाइनबाटै : कागजमा लेखिरहनु नपर्ने

रोजगारीका लागि कोरिया जानका निम्ति दिनुपर्ने भाषा परीक्षा सन् २०२० देखि अनलाइनबाटै हुने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (र्इपीएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको जानकारी र्इपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले दिएका छन् ।

अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ । ‘अनलाइन भरेर घरमै बसेर दिन मिल्ने भने होइन । हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं, त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ’– भण्डारीले भनेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर