newskoseli.Com

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘चट्टानी अडान’, विश्वभर असर ! पारिश्रमिक नपाउँदा अमेरिकामै घरघरमा समस्या

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति ‘कडा नीति’ अख्तियार गर्दै आएका छन् ।

उनको पछिल्लो ‘चट्टानी अडान’ का कारण तीन सातादेखि संघीय निकाय आंशिक रुपमा बन्द (सट–डाउन) भएका छन् । यसको असर विश्वभर परेको छ ।

अमेरिकी प्रशासन आंशिक बन्द भएको आइतबार २३ दिन पुगेको छ । अमेरिका र उसको बजेट ‘सट डाउन’ विश्वभर बहसको विषय बनेको छ । चीनसँग व्यापार–द्वन्द्वमा परेको मात्र होइन, पश्चिम एसियाली मुलुकमा ‘आतंकवाद’ सँग लडिरहेको अमेरिका आन्तरिक राजनीतिक द्वन्द्वमा समेत फसेको छ ।

शक्तिराष्ट्र भित्रको शक्ति–संघर्षले कूटनीतिक सम्बन्ध भएका मुलुकमा पनि बहस चुलिएको छ । विश्वभर रहेका अमेरिकी दूतावास ‘सट डाउन’ को प्रभावमा छन् । अमेरिकामा फोहोर उठेको छैन भने कर्मचारीले पारिश्रमिक नपाउँदा घरघरमा समस्या निम्तन थालेको छ ।

अमेरिकी दूतावासको वेबसाइट र सामाजिक सञ्जाल पूर्णरूपमा सञ्चालन हुन नसकेको सूचना उनीहरूले नै दिएका छन् । आंशिक काम मात्र भइरहेको सूचना पनि दूतावासको वेबसाइटमा भेट्न सकिन्छ ।

‘बजेट अभावका कारण वेबसाइटलाई यहाँबाट उपलब्ध गराइने सेवाको पूर्ण सञ्चालन नहुँदासम्म सीमित मात्रामा मात्र अध्यावधिक गरिनेछ’– दूतावासको वेबसाइटमा नेपालीमै सूचना प्रकाशित भएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर