newskoseli.Com

‘छायाँ सरकार’ को ‘मन्त्री’ खान कांग्रेस सांसदहरुको अरुचि !

सरकारको ‘निगरानी’ गर्न कांग्रेसले गठन गर्न लागेको ‘छायाँ सरकार’ मा ‘मन्त्री’ बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् ।

रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदा समेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् ।

सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो । संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाहीलार्इ नजिकबाट ‘निगरानी’ गर्न ‘छायाँ सरकार’ गठन गर्ने निर्यण गर्दै इच्छुकहरुले नाम टिपाउन सांसदलाई आग्रह गरेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर