newskoseli.Com

कोकमा रक्सी मिसाएर ख्वाई किशोरीमाथि सामूहिक बलात्कार !

दुई युवकले कोकको बोतलमा रक्सी मिसाएर ख्वाई भद्रपुरकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

घटनामा संलग्न दुई युवकमध्ये एक जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । अर्का एक फरार रहेको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ४, फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू छन् भने फरार हुनेमा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी रहेका छन् । राजवंशी भारतको सीमाना नजिकैका भएकाले उतैतर्फ भागेको प्रहरीको आशंका छ । उनको खोजी तीव्र पारिएको श्रेष्ठको भनाइ छ ।

प्रहरीका अनुसार गत आइतबार दुई जना किशोरीलाई ती युवकले कोक खान जबरजस्ती गरेपछि किशोरीले पहिलेदेखि चिनजानको आधारमा उनीहरुको कुरा स्वीकार गर्दै कोक खाएका थिए । किशोरले गलत नियतले कोकमा रक्सी मिसाएको कुरा युवतीहरुले पत्तो पाएनन् ।

प्रहरीका अनुसार दुई किशोरीमध्ये एकलाई बढी नशा लागेको चाल पाएपछि युवकले नजिकैको जंगलमा लगेर बलात्कार गरेका हुन् । किशोरीलाई बेहोस बनाएर उनीहरु जंगलबाटै फरार भएका थिए ।

साँझसम्म दुवै किशोरी घर नफर्केपछि परिवारले खोजतलास गरे । बलात्कारबाट जोगिएकी किशोरी घर आएपछि बलात्कारको घटना सार्वजनिक भएको हो । परिवारले उक्त घटना थाहा पाएपछि महेशपुर प्रहरी चौकीमा जानकारी गराएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर