newskoseli.Com

‘तपस्वी’ रामबहादुर बम्जन किन लुकिरहेछन् ?

रामबहादुर बम्जनसम्बद्ध ‘बाधी श्रवण धर्म संघ’ ले माघ ६ देखि सिन्धुलीस्थित आश्रममा ‘मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्वशान्ति महामैत्री पूजा’ को आयोजना गर्दै छ ।

रामबहादुर बम्जनले त्यहाँ धार्मिक सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको भनिए पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ ।

आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका बम्जन ‘सुरक्षा चुनौती’ का कारण सार्वजनिक हुन नखोजेको आयोजक पक्षले जनाएको छ । आश्रममा हुने पूजामा स्वदेश तथा विदेशका धार्मिक व्यक्तिहरुको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ ।

२०६८ असार ९ मा सिन्धुलीको कमलामाई नगरपालिका– ७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाएर बम्जन सिन्धुली आएका थिए । त्यतिबेला उनलाई सहजै भेटिने गरेको स्थानीय बताउँछन् । अचेल बम्जनलाई सहजै भेट्न सकिँदैन । सिन्धुलीका सञ्चारकर्मी पटक–पटक जाँदा पनि बम्जनलाई भेट्न नसकिएको जनाइएको छ ।

उनले मुलुकका उच्च ओहोदामा रहेका व्यक्ति आउँदा भने तुरुन्तै भेट्ने गरेको स्थानीयको दाबी रहेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर