newskoseli.Com

प्रदेश प्रमुख (गभर्नर) नै कालो सूचीका ऋणी !

सुदूरपश्चिमका प्रदेश प्रमुख (गर्भनर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ ।

मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि उनलाई २०४७ देखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ ।

मल्ल, उनका भाइ मदनबहादुरलगायत मल्लको समूहले २०४१ र ०४२ मा नेपाल बैंकबाट ९८ लाख ५३ हजार ऋण लिएका थिए । ऋण लिएको ३ वर्षपछिबाट यो समूहले साँवा–ब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि उनीहरुलाई कालोसूचीमा राखिएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर