newskoseli.Com

पूर्वराजा ज्ञानेन्द्र ‘आउट’ : मन्त्रीपरिषद् बैठकबाट पारित नयाँ मर्यादाक्रम

सरकारले हालै निर्धारण गरेको नयाँ मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ ।

मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरियता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन ।

गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि नयाँ मर्यादाक्रम पारित गरेको र त्यसमा पूर्वराजा नसमेटिएको खबर मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर