newskoseli.Com

तरुलमा समेत नेपाल छैन आत्मनिर्भर, भारतसँगै परनिर्भर !

तरुलमा समेत नेपाल आत्मनिर्भर छैन, भारतनिर्भर छ । माघेसंक्रान्ति मान्न समेत तरुल आयात गर्नुपर्छ ।

कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ ।

उपत्यकामा मात्र एक सातामा झन्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब २ करोड रुपैयाँको) तरुत भारतको उत्तर प्रदेशबाट आयात भएको छ ।

‘अहिले आयातदर भने बिस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने– ‘स्वदेशमै ठूलो परिमाणमा उत्पादन हुन थालेको छ ।’ तरुलमा समेत रहेको भारतनिर्भरताको यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर