newskoseli.Com

बढ्यो मौसमी इन्फ्लुएन्जाको त्रास : जान सक्छ ज्यान, बच्नोस् यसरी…

इन्फ्लुएन्जा एकै छिनमा सर्न सक्छ । यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ । सतर्क हुनुहोस् ।

चिसो मौसममा मौसमी ‘इन्फ्लुएन्जा एच वान एन वान’ को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ ।

यो भाइरस समुदायमा फैलिरहेको र यसको संक्रमणले कमजोर व्यक्तिहरुको मृत्यु समेत भइसकेको हुँदा यसबाट बच्न महाशाखाले अपिल गरेको हो । रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार यो इन्फ्लुएन्जाको संक्रमण भएपछि ज्वरो आउने, नाकबाट पानी बग्ने, जिउ दुख्ने, आँखा रातो हुनेजस्ता लक्षण देखिन्छन् ।

चिकित्सकका अनुसार संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा, खोक्दा, संक्रमितले छोएको रुमाल वा समान प्रयोग गर्दा, सार्वजनिक स्थलका ढोका, चुकुल र बसको डण्डी छुँदा यो रोग सर्ने भएकाले यस्ता चिज छोएपछि हात धुनुपर्छ ।

संक्रमित व्यक्ति आफैं सचेत हुने, स्कुल तथा कलेजमा धेरैमा यस्तो लक्षण भएको पाइएमा केही दिन स्कुल नपठाउने, बाहिर निस्कनुपर्दा मास्कको प्रयोग गर्ने, संक्रमित व्यक्तिभन्दा एक मिटरभन्दा टाढा बस्ने गरेमा यसको जोखिमबाट बच्न सकिने खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर