newskoseli.Com

रवीन्द्र मिश्र पक्षको आरोप : ‘छापामार शैलीमा पार्टी फुटाइयो’

पार्टीका पूर्वसंयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप विवेकशील साझा पार्टी (रवीन्द्र मिश्र पक्ष) ले लगाएको छ ।

विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा मंगलबार जारी विज्ञप्तिमा थापाले केन्दीय समितिको बैठक हुनुभन्दा पहिले नै नयाँ पार्टीको दर्ता प्रक्रिया सुरू गरेर छापामार शैलीमा पार्टी फुटाएको उल्लेख छ ।

विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुःखद घटनाका रुपमा मूल्यांकन गर्दै पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्न पार्टीका संयोजक रवीन्द्र मिश्रलाई जिम्मा दिने निर्णय गरेको छ ।

पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे केन्द्रीय समितिको बैठकमा छलफल भएको बताइएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर