newskoseli.Com

६ लाखका दरले भारतीय बेश्यालयमा नेपाली युवती बिक्री : मुख्य नाइके पक्राउ

भारतमा लगेर राम्रो काम लगाइदिन्छु भन्दै नेपाली युवतीहरूलार्इ भारतको बेश्यालयमा लगेर ६ लाख रुपैयाँका दरले बिक्री गरेको अभियोगमा धरान नगरपालिका– १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जीबी रोडमा रहेको बेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले राईलाई धनकुटे रोडमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

अभियुक्त राईले विभिन्न क्षेत्रका ‘टिनएज’ का युवतीलाई भारतमा राम्रो काम पाइने र दुःखबाट मुक्ति हुने भन्दै बेश्यालयमा लगेर बिक्री गर्ने गरेको प्रहरीले जानकारी दिएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर