newskoseli.Com

प्रहरीको कुटाइबाट पिसाबनली नै फुट्यो, आईसीयूमा उपचार हुँदै…

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका– ६, हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।

घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जानकारी बस्नेतकी श्रीमती कृष्णाकुमारीले दिएकी छन् । प्रहरीको कुटाइबाट बस्नेतको पिसाबनली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ ।

सामान्य विषयमा प्रहरीले निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न स्थानीय बासिन्दाले माग गरेको खबरबुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर