newskoseli.Com

नेकपाको सांगठनिक एकता : यसकारण बनेन कार्यदलको प्रतिवेदन

पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरू सक्रिय हुन सकेका छैनन् ।

पुसमा बसेको स्थायी समितिको बैठकले एकताका बाँकी काम पूरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताको बाँकी काम लम्बिएको हो ।

स्थायी समितिले संगठन एकतासम्बन्धी प्रस्ताव तयार पार्न रामबहादुर थापा, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, वेदुराम भुसाल र रघुवीर महासेठ रहेको कार्यदल बनाएको थियो । पुसभित्र प्रस्ताव बनाई एकताको काम सक्ने भनिएको थियो ।

तर, कार्यदलकै बैठक नियमित बस्न सकेको छैन । ‘केही बैठक भएका छन्, छलफल पनि चलिरहेको छ, व्यस्तताका कारण सबै काम सकिएको छैन’– कार्यदलका सदस्य योगेश भट्टराईले भनेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर