newskoseli.Com

विधान सच्याउँदै सत्ताधारी नेकपा, रणनीतिक लक्ष्य ‘साम्यवाद’ राख्दै !

एकीकरणको बाँकी काम सक्ने कार्यदिशा पाएको सत्ताधारी नेकपाको ९ सदस्यीय कार्यदलमा पार्टी विधान समेत परिमार्जन गर्ने सहमति भएको छ ।

विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य ‘साम्यवाद’ लेख्ने सहमति भएको हो । यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद लेखिएकामा अब ‘वैज्ञानिक समाजवाद हुँदै साम्यवाद’ लेख्ने सहमति भएको छ ।

स्थायी समितिको अघिल्लो बैठकमा प्रस्तावनाबाट साम्यवाद हटाइएको भन्दै विरोध भएपछि कार्यदललाई स्थायी समितिले विधानका कतिपय ‘त्रुटि सच्याउने’ कार्यदिशा दिएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर