newskoseli.Com

मोटरसाइकलबाट ‘यात्रुसेवा’ नरोक्न प्रधानमन्त्रीको निर्देशन !

मोटरसाइकलमा यात्रु ओसार्ने ‘सेवा’ का लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’ माथि रोक नलगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिन्छ तर अहिले जे अवस्थामा छ, जसरी चलिरहेको छ, त्यस्तै छोडिदिन प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन गरेका हुन् ।

मन्त्री महासेठकै निर्देशन अनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर, यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले महासेठलाई यस्ता विषयहरुमा ‘ह्याभोक क्रिएट’ नगर्न भनेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर