newskoseli.Com

प्रधानमन्त्रीका मतदाताको चेतावनी : ‘झापामा न्याय नपाए काठमाडौंमै अनशन बस्छौं’

सुरक्षाको माग गर्दै काठमाडौं आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा समेत प्रधानमन्त्रीलाई भेट्न नदिइएकाले काठमाडौंमै रिले अनशन बस्ने चेतावनी दिएका छन् ।

झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दा मुआब्जा दिनुको साटो उल्टै मोबाइलबाट ज्यान मार्ने धम्की आएको गुनासो उनीहरुले गरेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अधिग्रहण गरिएको जग्गावापत उचित मुआब्जा नदिइएको समितिका सचिव करनसिंह बस्नेतले बताएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर