newskoseli.Com

सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग मुख्यमन्त्रीले यसरी पोखे आक्रोश

संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारहरुले असन्तुष्टि जनाएका छन् ।

देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेशका मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन् ।

सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै उनीहरूले शान्ति सुरक्षाको सबै जिम्मा पनि आफैं लिन गृहमन्त्री रामबहादुर थापालाई चुनौती दिएका छन् ।

‘प्रदेश सरकारको भूमिकामाथि नै प्रश्न उठ्ने गरी सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने समग्र शान्ति सुरक्षाको जिम्मा पनि संघीय सरकारले नै लेओस,’ गृहमन्त्री भेट्न गएका मुख्यमन्त्रीहरूको भनाइ उद्धृत गर्दै गृहका एक अधिकारीले भने– ‘शान्ति सुरक्षा आफ्नै नियन्त्रणमा राख्न बरु संविधान संशोधन गर्नुस् ।’

प्रदेश–केन्द्र तनावबारेको यो खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर