newskoseli.Com

मानवतस्करीमा मुछिएकी राजदूत लक्कीलार्इ फिर्ता बोलायो परराष्ट्रले, आएर राजीनामा दिँदै

अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ ।

मानवतस्करीको आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् ।

राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर फर्केपछि राजीनामा दिने परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।

‘उहाँ दूतावास गई काम गर्नुभएको छैन, क्यानबेरास्थित निवासमै बसेर फर्कने तयारीमा लाग्नुभएको छ,’ परराष्ट्रका एक अधिकारीले भने– ‘केही दिनमा आउनु हुनेछ र राजीनामा दिनु हुनेछ ।’

ती अधिकारीका अनुसार बर्खास्त भएर बेइज्जती खेप्नुभन्दा राजीनामा दिन मन्त्रालयले सुझाएपछि उनी सामान लिन क्यानबेरा गएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर