newskoseli.Com

जो ‘छाउ’ नबारीकनै वृद्धा भए… !

सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा । यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् ।

छाउपडीकै कारण कतिको ज्यान नै गएको छ । यो कुरीतिले देशैभर महिलाहरुलाई धेरथोर दुःख दिइरहेकै छ ।

तर, सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन् । टीकापुर– ४, छेगरखैलीकी हीरा चौधरी ४५ वर्षकी भइन् । १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो । ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन् ।

‘हाम्रो छाउ बार्ने चलन छैन्,’ उनी भन्छिन्– ‘महिनावारीका बेला दैनिक सरसफाइ गर्छौं, घरको सबै कोठमा जान्छौं, खाना पकाउछौं ।’ नेपाली समाजको एउटा चर्को रुढीवादमाथिको चुनौती बारेको यो खबर शनिबारको अन्नपूर्ण पौस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर