newskoseli.Com

सिङ्गै गाउँ ४ जनाको नाममा, गाउँले सबै लालपुर्जाविहीन

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– ५, फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन ।

घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।

उब्जनीको ६० प्रतिशत अन्नबाली तल्सिङलाई बुझाउनुपर्छ । गाउँमा उनको परिवार बसेको कयौं पुस्ता बितिसकेको छ । जमिन नै नभएपछि उनको नाममा लालपुर्जा हुने कुरै भएन ।

केही फुल्सिङबासीसँग जग्गा त छ तर ऐलानी भएका कारण लालपुर्जा छैन । भएका सबै नम्बरी जग्गा अर्कै गाउँका चार जना व्यक्तिका नाममा रहेकाले त्यहाँका वासिन्दा लालपुर्जाबिहीन बन्न पुगेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर