newskoseli.Com

ठग ठेकेदारलाई गृह मन्त्रालयले नै दियो उन्मुक्ति !

काम नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयले माग्यो । स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्‍यो र पठायो ।

त्यसैपछि सात महिना बित्यो । अहिलेसम्म न काम अगाडि बढ्यो न त ठेकेदारलाई कुनै कारबाही भयो ।

काम नगर्ने जाजरकोटका १४ ठेकेदारको नामेसीसहितको विवरण असारमै गृह मन्त्रालय पठाइएको थियो । जीएम कन्स्ट्रक्सन काठमाडौं, डाँफे विशाल जेभी सुर्खेत, फ्रेन्ड्स कन्स्ट्रक्सन प्रालि काठमाडौं, मालिका निर्माण सेवा एन्ड सप्लायर्स र लोहनी एन्ड ब्रदर्स बाँकेले सम्झौता अवधि सकिएको लामो समयसम्म पनि काम अलपत्र छाडेका छन् ।

तर, ती ठेकेदारमाथि कारबाही गर्नुको सट्टा उनीहरुलाई गृह मन्त्रालयले नै उन्मुक्ति दिएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर