newskoseli.Com

जोडी बाँधेर भ्रमण तथा ‘जन्मदिन’ र ‘विवाह वर्षगाँठ’ : सरकारी खर्चमा यस्तो मस्ती !

धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग ‘भगिनी सम्बन्ध’ गाँस्ने प्रस्ताव गर्‍यो ।

त्यसैका लागि छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो र धराने बैठकले सात जना गान्तोक जाने सिफारिस गर्‍यो ।

कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु ‘काम–कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैं पदाधिकारीको ‘जन्मदिन’ र व्यवसायीको ‘वैवाहिक वर्षगाँठ’ मनाउन व्यस्त छन् ।

धरान उपमहानगरपालिकामा केही समययता बजेटको दुरुपयोग बढेको समाचार आइरहेका छन् । त्यसैलाई पुष्टि गर्नेगरी वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाको ‘जन्मदिन’ गान्तोकमा मनाइएको छ । उनले ‘जन्मदिन’ मनाएका तस्बिरहरु फेसबुकमा राखेका थिए ।

कार्यवाहक मेयर भण्डारीको नेतृत्वमा बुधबार धरानबाट हिँडेको टोलीमा प्रशासकीय अधिकृत खतिवडा, अन्य जनप्रतिनिधि, यातायात व्यवसायी, कलाकार र पत्रकार समेत संलग्न छन् । गान्तोकसँग ‘भगिनी सम्बन्ध’ कायम गर्न गएको टोली ‘जन्मदिन’ मनाउन व्यस्त भएको खबरपछि तीव्र आलोचना भइरहेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर