सरकारले राष्ट्रपति निवासलाई ‘अति सुविधासम्पन्न’ बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्ठान हटाइँदैछ ।
‘प्रहरी प्रतिष्ठान महाराजगञ्जलाई विस्थापन गरी गुरुयोजना अन्तर्गत राष्ट्रपतिका लागि कार्यालय र आवासका निम्ति सबैखाले सुविधा भएको भवन बन्नेछ’– प्रहरी प्रतिष्ठान र राष्ट्रपति कार्यालयलाई ‘बोधार्थ’ पठाइएको पत्रमा प्रधानमन्त्री कार्यालयले भनेको छ ।
राष्ट्रपति परिसरमा प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा गाभिनेछ । यसअघि नै प्रतिष्ठानको ४१ रोपनी जग्गा राष्ट्रपति भवन अन्तर्गत ल्याइसकिएको थियो । अब उक्त कम्पाउन्ड साढे ३ सय रोपनीभन्दा बढीको हुने खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।