newskoseli.Com

चार वर्षपछि बल्ल खुल्दै तातोपानी नाका

०७२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाका वैशाखदेखि खोल्ने तयारी भएको छ ।

मे दिवसका दिन (१८ वैशाख, ०७६ मा) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ चीन सरकारले पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।

भूकम्प र भोटेकोशीके बाढीले भत्काएको पुल, सडक र सुख्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल–वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले तीव्रता दिएको छ । अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारी अनुसार लिपिङ बसपार्क बाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ ।

उनका अनुसार सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भएको छ । बाह्रबिसेदेखि मितेरी पुलसम्मको २६ किलोमिटर कोदारी राजमार्गको काम ५० प्रतिशत सकिएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर